.

रूसद्वारा युक्रेनको राजधानीमा मिसाइल आक्रमण, २ जनाको मृत्यु,

रूसले युक्रेनको राजधानी किएभमा मिसाइलद्वारा आक्रमण गरेको छ । आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

किएभ सहरका अधिकारीहरूले आक्रमणमा एक महिलाको मृत्यु भएको बताएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार बुचामा पनि एक अन्य व्यक्तिको मृत्यु भएको हो ।

युक्रेनको सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेंकोले भनेका छन्, ‘सत्रुले एकपटक फेरि किएभमा व्यापक आक्रमण गरिरहेको छ ।’

मंगलवार अबेर राति भएको आक्रमणका दौरान घण्टौसम्म साइरन बजेको थियो । सहर भित्र र बाहिरी क्षेत्रमा कयौं मिसाइल खसालिइएको बताइएको छ ।

युक्रेनको सेनाले आम नागरिक र आवासिय क्षेत्रलाई रूसी सेनाले निशाना बनाएको आरोप लगाएको छ । यद्यपि, अमलाबारे रूसले कुनै प्रतिक्रिया जनाएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया