.

भदौ ५ देखि विराटनगरमा एलाइट फाइटस् नकआउट फुटबल प्रतियोगिता

लागुऔषध सेवन नगरौं भन्ने उद्धेश्यसहित विराटनगरमा भदौ ५ गतेबाट हुने एलाइट फाइटस् नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ।

पहिलोपटक सुधार केन्द्रमा रहेकाहरुलाई खेलप्रति उत्पे्ररित गराउने उद्धेश्यसहित मोरङ जिल्लाका विभिन्न आठ वटा सुधार केन्द्रमा रहेकाहरुलाई मैदानमा उतार्ने गरि प्रतियोगिता हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यातायात मजदुर युवा क्लब बसपार्कद्वारा आयोजना हुने प्रतियोगितामा कुलतमा फसेकाहरुलाई खेलकुदतर्फ प्रेरित गर्ने प्रयास अघि बढाउने खोजिएको प्रतियोगिता संयोजक विनेश बस्नेतले जानकारी दिए ।

 जिल्ला फुटबल संघ मोरङका महासचिव समेत रहनु भएका बस्नेतका अनुसार युवाहरुमा फुटबललाई लिएर विशेष ध्यान हुने हुँदा कुलतबाट टाढा राख्न सकिन्छ भन्ने उद्धेश्य प्रतियोगिताले राखेको हो । संयोजक बस्नेतले प्रतियोगितामा विराटनगरका ४ र विराटनगरबाहिर अन्य पालिकाका ४ वटा सुधार केन्द्रले सहभागिता जनाएको जानकारी दिए । 

सहिद मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगरको रिचमण्ड फेलोसिप र जीवन दृष्टि बीच हुनेछ , दोस्रो खेल बेलबारी प्लसले उद्धार पूर्नस्थापना केन्द्रसंग भिड्नेछ भने चौथो खेल जीवन बचाउ पूर्नस्थापना केन्द्र र आश्रय सुधार केन्द्रबीच हुने र नकआउट चरणको अन्तिम खेलमा विराटनगरको क्यानभास पूर्नस्थापना केन्द्रले लिबर्टी नेपालको सामना गर्नेछ । कुल ६० मिनेटको खेलमा खेलाडी परिवर्तनमा कुनै संकुचन अवस्था राखिएको छैन। प्रतियोगितामा सहभागि हुने खेलाडीहरु मोरङ जिल्लाकै हुनुपर्ने प्रावधान राखिएको संयोजक बस्नेतले  प्रष्टाउनु भयो । लागुऔषध सेवनबाट बाहिर निस्कन प्रयासरत रहेका ब्यक्तिलाई खेलकुदमा चासो बढाउन र कुलतमा नलाग्नका लागि उत्प्रेरणा जगाउन प्रतियोगिता गरिएको संयोजक बस्नेतले बताए । आयोजकका अनुसार विजयी हुने सुधार केन्द्रले ट्रफीसहित ५१ हजार, र दोस्रो हुने केन्द्रले ३१ हजार रुपैया हात पार्नेछ । मोरङका विभिन्न स्थानमा गरि कुल २१ वटा सुधार केन्द्र रहेकाछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया