.

सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले सोमबार परिपत्र जारी गर्दै हाल कार्यरत करार कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रका आधारमा करार कर्मचारीको विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै निकायलाई माग गरिएको विवरण सफ्ट कपीमा तयार गरी मन्त्रालयको आधिकारिक इमेलमार्फत पठाउन निर्देशन दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया