.

इजरायली आक्रमणबाट गाजामा मारिनेको संख्या १८ हजार पुग्यो, ५० हजार घाइते

विराटनगर , २५ मंसिर । गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या १८ हजार पुगेको छ । आइतबार साँझसम्म १८ हजार जनाको मृत्यु पुष्टि भएको अल्जजिराले जनाएको छ ।अक्टोबर ७ यता गाजामा झन्डै ५० हजारजना घाइते भएका छन् । बितेको २४ घण्टामा मात्र २९७ जना मारिएका छन् भने ५५० जना घाइते भएका छन् ।नौ हप्ताअघि अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा १२ सय जना मारिएका थिए । हमासले २४० जनालाई बन्दी बनाएको थियो । जसमध्ये केही रिहा भइसकेका छन् ।यसैबीच इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निभाइरहेको कतारले अस्थायी युद्धविरामको प्रयास गरे पनि सफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया