.

उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै , नेपालमा भने आजको सूर्य ग्रहण नदेखिने

विराटनगर , २६ चैत्र । आज सन् २०२४ को पहिलो सूर्य ग्रहण लाग्ने भएको छ। आजको सूर्य ग्रहण मीन राशी र रेवती नक्षत्रमा लाग्ने छ। चैत्र अमावस्या दिन लाग्ने आजको सूर्य ग्रहण राति निकै महत्त्वपूण मानिएको छ।
आज लाग्ने सूर्य ग्रहण यसअघि १९७० मा देखिएको थियो। आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।
आजको सूर्य ग्रहण क्यानडा, उत्तरी अमेरिका, म्याक्सिकोमा देखिने छ। त्यसबाहेक कोस्टारिका क्यूबा, डोमिनिका, फ्रेन्च पोलिनेशिया, जमाइका, आयरल्यान्ड, बेलायतको उत्तर पश्चिम क्षेत्र, पश्चिम युरोप, प्यासेफिक, एटलान्टिक, आर्कटिकमा पनि आजको सूर्य ग्रहण देखिने छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज लाग्ने सूर्य ग्रहण निकै दुर्लभ रहेको बताए। उनले खग्रास सूर्य ग्रहण तीन सयदेखि ४ सय वर्षको अन्तरालमा लाग्ने हुँदा यो निकै दुर्लभ मानिएको बताए।तर, नेपालमा भने आजको सूर्य ग्रहण नदेखिने पनि उनले बताए।
उनका अनुसार नेपाल, भारतसहित एसिया क्षेत्रमा आजको सूर्य ग्रहण देखिने छैन।
यो विश्वका केही स्थानमा मात्रै देखिन सक्छ।उनले नेपालमा आज चन्द्रमाले पृथ्वीलाई छेक्ने प्रक्रिया नहुने भएकाले यहाँ पूर्ण ग्रहण नदेखिने भन्दै यसका लागि शताब्दी नै कुर्नुपर्ने बताए।
उनका अनुसार यसअघि सन् २००९ को जुलाई २२ मा देखिएको थियो।नेपालमा पूर्ण सूर्यग्रहण नदेखिए पछि खण्डग्रास सूर्यग्रहण भने आगामी सन् २०२७ मा देखिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया