.

भारतमा अन्तिम दिन मतदानमा खटिएका ३३ कर्मचारीको मृत्यु

विराटनगर ,२० जेठ । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन्।  

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो । भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६।९ डिग्री सेल्सियस पुगेको छ। 

उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताए। तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।

मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया ९अठार हजार अमेरिकी डलर० को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछु, रिन्वाले पत्रकारहरूलाई बताए। जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भइ मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् । 

बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उनलाई मृत घोषित गरियोु, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउँदै भने।  बढ्दो तापक्रमसँग भारत अपरिचित छैन। तर जलवायु परिवर्तनले तातो छाल बारम्बार र तीव्र हुँदै गइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया