.

इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १ सय ५ जनाको मृत्यु, तीन सय ५९ जना घाइते

इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा एक सय पाँच जनाको ज्यान गएको छ । तीन सय ५९ जना घाइते भएका छन् ।


लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई आक्रमणमा दुईवटा आवसीय भवन ध्वस्त भएका जानकारी दिएको छ । ती भवनमा यसअघिका आक्रमणबाट प्रभावितले शरण लिएको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराको खबरमा उल्लेख छ ।


इजरायली बमबारीबाट दक्षिणी लेबनान, बेका, बालबेक–हर्मेल प्रान्त र बेरुतका दक्षिणी नगरका कयौँ घर ध्वस्त भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका नेतालाई लक्षित गर्दै धेरै ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले यमनमासमेत आक्रमण गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया