इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानको अवस्था गाजाको जस्तै बन्न सक्ने चेतावनी दिनुभएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाहलाई बाहिर निकाल्न लेबनानी नागरिकलाई आग्रह गर्दै गाजाको जस्तो अवस्था बन्नबाट बच्न अपील गर्नुभएको बीबीसीले जनाएको छ । इजरायलले दक्षिण–पश्चिम लेबनानको नयाँ क्षेत्रमा हजारौं सेना पठाएर हिजबुल्लाहविरुद्ध भूमिगत आक्रमण विस्तार गरेपछि नेतान्याहुले यस्तो अपील गर्नुभएको हो ।
लेबनानका नागरिकलाई निर्देशित गरिएको भिडियो सम्बोधनमा नेतान्याहुले गाजाको जस्तो अवस्था बन्नुअघि लेबनानलाई बचाउने मौका लेबनानीसँग रहेको बताउनुभएको खबरमा उल्लेख छ । लेबनानलाई हिजबुल्लाहबाट मुक्त गरे अहिले चलिरहेको यद्ध रोकिनसक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाइ छ ।