भारतको उत्तर प्रदेशको प्रयागराजमा हिजो देखि कुम्भमेला शुरू भएको छ । हिजो देखि शुरू भएको कुम्भमेला आउँदो फागुन १४ गते महाशिवरात्रिको दिनसम्म चल्नेछ ।
कुम्भमेलाका डीआईजी वैभव कृष्णाले प्रयागराजमा अहिलेसम्म ५० लाख जनाभन्दा धेरै मानिसले स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४५ दिनसम्म चल्ने मेलामा ४० करोड जना मानिस सहभागी हुने उत्तर प्रदेश सरकारको दाबी छ ।
मेलाअन्तर्गत आज पहिलो ठूलो कुम्भ स्नान हुनेछ । यो कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो महाकुम्भलाई मानव जातिको ‘अमूर्त सम्पदा’ को रूपमा उल्लेख गरेको छ ।
कुम्भमेला चार वटा शहरमा रहेक १२ वर्षमा मनाइने गरिन्छ । दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ । चारवटै शहरमा कुम्भमेलाको आयोजना हुने भए प्रयागराजमा आयोजित हुनेलाई सबैभन्दा महाकुम्भ मानिन्छ ।
यसपालि कुम्भमेलामा स्नानका लागि माघेसङ्क्रान्ति, माघ कृष्ण औँसी, श्रीपञ्चमी, माघ शुक्ल पूर्णिमा र महाशिवरात्रिलाई मुख्य दिन मानिएको छ । भारत सरकारले कुम्भमेलाका लागि ७० अर्ब भारतीय रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ । यो मेलाबाट उत्तर प्रदेश सरकारले २ खर्ब ५० अर्ब भारतीय रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कुम्भमेलाको क्षेत्रफल ४ हजार हेक्टरमा फैलिएको छ । मेलामा एक लाख ५० हजार वटाभन्दा धेरै पाल, ४० हजार जना प्रहरी र सुरक्षाकर्मी, १५ हजार जना सफाइ कर्मचारी, झन्डै पाँच लाख वटा गाडी अट्ने पार्किङ क्षेत्र, ३० वटा विशेष पुल, ६७ हजार वटा सडक बत्ती, एक लाख ५० हजार वटा शौचालय, दुई सय वटा पानी एटीएम र ८५ वटा ट्युबवेलको व्यवस्था छ ।
कुम्भमेलामा लाखौं मानिस बस्ने व्यवस्था मिलाइएको छ । जसमा निःशुल्कदेखि एक रातको भाडा एक लाख भारतीय रुपैयाँसम्म रहेको छ ।
NgmlfsrWuQlQGO
JZBWMCpRErr
NgmlfsrWuQlQGO
JZBWMCpRErr
tTWVqQEYD
ixYkVfRbHME