.

गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनीइजरायली सेनाको आक्रमणमा मारिए

गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ जना प्यालेस्टिनी नागरिक इजरायली सेनाको आक्रमणमा मारिएका छन् ।


मध्य र दक्षिणी गाजामा भएको गोलाबारीमा उनीहरु मारिएको अस्पताल स्रोतलाई उद्धृत गरी अलजजिराले जनाएको छ ।


पछिल्लो आक्रमणमा परी गाजाभर कम्तीमा ८२ जना प्यालेस्टिनीको ज्यान गएको विवरण छ । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।


अस्पताल स्रोतले दिएको जानकारी अनुसार, मध्य गाजामा ३७ जना मारिएका छन्, जसमध्ये २३ जना सहायता प्राप्त गर्न आएका नागरिक थिए ।


त्यस्तै गाजा सिटीमा २३ र दक्षिण गाजामा २२ जना मारिएकोमा ११ जना सहायता लिन आएका नागरिक रहेका छन् ।


सम्पूर्ण गाजा क्षेत्र अहिले भोकमरी र मानवीय सङ्कटको चरम अवस्थामा पुगेको अन्तर्राष्ट्रिय समुदायले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया