.

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले भारतका छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने बताएको हो । 


बीबीसीका अनुसार भारतीय दूतावासले आफ्नो एक्स (ट्विटर) पोस्टमार्फत् उद्धारका लागि नेपाली र श्रीलंकाली नागरिकले सम्पर्क गर्न भन्दै तीन वटा टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।  

इरानका लागि भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावास इरानमा फसेका दुबै देशका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने छ ।’


केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री डा आरजु राणाले भारत सरकारसँग सो आग्रह गर्नुभएको थियो ।  



इरानस्थित भारतीय दूताबासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूताबासले पनि सो सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया