.

उत्तर भारतमा दुई दशकदेखि जमिनमुनीको पानीमा गम्भीर ह्रास

उत्तर भारतका विभिन्न प्रदेशमा जमिनमुनीको पानी असामान्य दरमा घटिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सन् २००२ देखि सेटेलाइटमार्फत गरिएको अनुसन्धान अनुसार, उत्तर भारतमा हरेक वर्ष करिब ७० खर्ब घनफुट पानी गुमिरहेको म्भअअबल ज्भचबमिको समचामा उल्लेख छ ।


 


पञ्जाब, हरियाणा, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल जस्ता कृषिमा निर्भर राज्यहरूमा पानीको सतह अनुमानभन्दा धेरै घटेको छ। वैज्ञानिकहरूका अनुसार, मनसुनको पानीले भूजल पुनः भरिन पर्याप्त नहुँदा जलस्रोत संकट गहिरिँदै गएको छ।



 

अध्ययन अनुसार भारतले पछिल्ला दुई दशकमा १५४ खर्ब घनफुट पानी गुमाइसकेको छ। यसमा जलवायु परिवर्तन, हिमालमा हिउँ कम पर्नु, र हिउँ तीव्र दरमा पग्लनु प्रमुख कारण मानिएको समचारमा।


 

विशेष रूपमा गङ्गा, ब्रह्मपुत्र र इन्डस नदी प्रणालीमा पानीको सतह घट्दै गइरहेको छ। ती नदीका बेसिनहरूमा मात्रै ३७ खर्ब घनफुट पानी हराएको अध्ययनले देखाएको समचारमा उल्लेख छ।


 

वैज्ञानिकहरूका अनुसार, अन्टार्टिका र ग्रीनल्यान्ड बाहेकका सबै महादेशहरूमा खडेरीको समस्या तीव्र रूपमा बढ्दै गएको छ। स्वच्छ पिउने पानीको स्रोत घट्दै जानु विश्वव्यापी चिन्ताको विषय बनेको छ।


 

अमेरिका, भारत, साउदी अरेबिया र दक्षिण कोरियाका वैज्ञानिकहरूको टोलीले GRACE र GRACE Follow-On नामक उपग्रह मिशनबाट प्राप्त डाटाको प्रयोग गरी पृथ्वीका विभिन्न भागहरूमा भू-जलको अवस्था मूल्याङ्कन गरेका थिए। अध्ययनले उत्तर भारतलाई भू-जल ह्रासको विश्वव्यापी संकट क्षेत्रको रूपमा चिनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया