.

दिल्ली विस्फोटः ’सबै सम्भावनाबारे’ अनुसन्धान हुँदै, लालकिल्ला तीन दिनका लागि बन्द

भारतको राजधानी दिल्लीको लालकिल्लानजिक सोमवार राति आठ जनाको ज्यान जाने गरी भएको एउटा कार विस्फोटको घटनामा सबै कोणबाट अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

विस्फोट भएको कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ्। एएनआई समाचारसंस्थाले सार्वजनिक गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेको देखिन्छ। सोमवार रातिदेखि नै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। यातायातका केन्द्रहरू र मानिसहरू धेरै भेला हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ। भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लालकिल्लामा दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न जान्छन्। उक्त स्थान तीन दिनका लागि बन्द गरिएको छ।

उक्त घटनाको अनुसन्धानमा विभिन्न सुरक्षा निकाय संलग्न भएका छन्। गृह मन्त्रालयमा गृहमन्त्री अमित शाहको नेतृत्वमा उच्चस्तरीय सुरक्षा समीक्षा बैठक हुँदै छ । शाहले राति नै घटनास्थलको निरीक्षण गरेका थिए।

विस्फोटन के कारणले भयो भन्ने स्पष्ट भइसकेको छैन। तर गृहमन्त्री शाहले त्यो पत्ता लगाउन सबै सम्भावनाबारे अनुसन्धान सुरु भएको छ।  सोमवार राति विस्फोट भएको ठाउँमा जलेका र क्षतिग्रस्त भएका कारहरूका अवशेषहरू बिहानसम्म हटाइएको छैन। घटनामा घाइते भएका २० जनालाई अस्पताल लगिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया