.

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड

बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आक्रमण भएको छ ।

चुनाव नजिकिँदै गर्दा हिंसात्मक घटनाहरु बढेका एपी न्यूजले जनाएको छ ।हिजो पूर्वप्रधानमन्त्री हसिनाको पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ।

यस्तै छुरा प्रहारबाट एक जनाको ज्यान समेत गएको छ ।

दुई महिनापछि फेव्रोअरीमा चुनाव गर्ने सरकारको लक्ष्य रहेपनि वातावरण बिग्रँदै गएको छ।अवामी लिगले आउँदो आइतवारसम्म देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखेको छ। तर सरकारले अवामीलाई राजनीतिक गतिविधि गर्न रोक लगाएको छ।

यस्तो अवस्थामा अवामी लिगले गर्ने राजनीतिक गतिविधिविरुद्ध सरकार समर्थक विभिन्न राजनीतिक दल तथा समूहले प्रदर्शन गर्ने चेतावनी दिएका छन्। अपदस्थ प्रधानमन्त्री शेख हसिनाको मुद्दामा आउँदो सोमबार फैसला सुनाइने खबरमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया