अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले पूर्व प्रधानमन्त्री शेख हसिनालाई गत वर्षको विद्यार्थी विरोध प्रदर्शनको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको अवस्था तनावपूर्ण बनेको छ।
मृत्युदण्ड सुनाएपछि उनको पार्टी अवामी लिगले आन्दोलनको समेत घोषणा गरेको छ।
अवामी लिगले आज मंगलबार अथात् नोभेम्बर १८ का लागि देशव्यापी बन्द तथा भोलि नोभेम्बर १९ देखि २१ सम्म विरोध प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेको हो।
पार्टीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले ‘अवैध रूपमा सत्ता कब्जा गरी गैरकानूनी न्यायाधिकरण’ मार्फत हसिनालाई लक्षित गरेको आरोप लगाउदै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधप्रेरित’ भन्दै कठोर आलोचना गरेको छ ।
विद्यार्थी विद्रोहका क्रममा १,४०० जनाको ज्यान जाने गरी बल प्रयोग भएको घटनामा हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई हिजो नै मृत्युदण्ड सुनाइएको हो।