जनता दल (युनाइटेड) का प्रमुख नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै आज १०औँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
मुख्यमन्त्री नीतीश कुमारसँगै २६ जना मन्त्रीले पनि शपथ लिएका छन् । २६ जना मन्त्रीमध्ये तीन जना महिला र एक जना मुस्लिम विधायक छन् ।
शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो ।
बिहारमा नीतीश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गर्नुभएको थियो । दुई चरणमा नोभेम्बर ६ र ११ मा सम्पन्न भएको बिहार विधानसभा चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो ।