.

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्षको जेल सजायको फैसला

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार सर्वोच्च अदालतले उनलाई २७ वर्ष ३ महिनाको जेल सजायको फैसला सुनाएको हो।

उनलाईविद्रोहको षड्यन्त्र रच्ने र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या घटनामा संलग्न रहेको आरोपमा अदालतले दोषी ठहर गरेको हो।

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले मुद्दाको अन्तिम निर्णय भइसकेको  र अब पुनरावेदन हुन नसक्ने बताएका छन् । 

न्यायाधीश मोरेसले बोल्सोनारोको स्वास्थ्य उपचारका लागि चिकित्सकीय सेवा उपलब्ध गराउन समेत भनेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया