.

गाजामा इजरायलको आक्रमणबाट मर्नेको संख्या ७० हजार नाघ्यो

अक्टुबर ७ २०२३ मा गाजापट्टीमा इजरायलले आक्रमण सुरु गरेयता अहिलेसम्म मारिने प्यालेस्टिनीको संख्या ७० हजारभन्दा धेरै रहेको गाजापट्टी स्थिती प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । घटनामा १ लाख ७० हजारभन्दा धेरै घाइते भएको प्यालेस्टिनी पक्षले  जनाएको छ ।  

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गत महिना हमास र इजरायलबीच वार्ता भएर युद्धविराम घोषणा भएपनि इजरायलले यो सहमति कार्यान्वयन गरेको छैन ।

शनिबार इजरायलले दक्षिणी गाजाको बानी सुहेइलामा ड्रोन हमला गर्दा दुई बालबालिकाको निधन भएको छ ।

हमलामा घाइते भएपछि उनीहरुलाई नासर मेडिकल कप्लेक्स लगिएको थियो र त्यहाँ मृत घोषणा गरिएको थियो ।

शनिबारै विभिन्न इलाकामा स्थल सेनाले पनि आक्रमण गरेको थियो । गाजा सरकारका सञ्चार निर्देशक इस्माइल अल थावाब्ताले गत महिना युद्धविराम भएयता इजरायली सेनाले ४ सय ३५ पटक यसको उल्लंघन गरिसकेको बताएका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया