.

जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३० जना घाइते

सोमबार राति उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौँ मानिसहरूले आफ्नो घर छोडेर सुरक्षित स्थानमा जानुपरेको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प स्थानीय समयअनुसार राति ११ः१५ बजे आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा ५० किलोमिटर गहिराइमा गएको थियो ।

भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको थियो, यद्यपि त्यो चेतावनी अहिले हटाइएको छ। तर, सो क्रममा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका छालहरू भने देखिएका थिए ।

भूकम्पका कारण यातायात र विद्युत आपूर्तिमा समस्या देखिएको छ। केही रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ।

रोयटर्स समाचार एजेन्सीका अनुसार, करिब ९० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो।

आओमोरी प्रिफेक्चरल सरकारले करिब २ हजार ७०० घरमा बिजुली आपूर्ति बन्द भएको जनाएको छ, भने पूर्वी जापान रेलवेले उत्तरपूर्वी तटमा केही रेल सेवाहरू स्थगित गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया