.

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा

अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ ।

यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भेनेजुएला तट नजिकै एउटा ठूलो तेल ट्यांकर कब्जा गरेको बताउनुभयो ।

बीबीसीले सार्वजनिक गरेको भिडियोमा सैनिकहरू हवाई मार्गबाट डोरी प्रयोग गर्दै ट्यांकरमा झर्दै गरेको देखिन्छ । यो ट्यांकर भेनेजुएला र इरानको प्रतिबन्धित तेल ढुवानीमा संलग्न भएको अमेरिकी दाबी छ । 

यस घटनाले विश्वबजारमा तेल आपूर्तिको डर बढेपछि तेलको मूल्य केही बिन्दुले बढेको विश्लेषकहरूले बताएका छन् ।

भेनेजुएलाको सरकारले विज्ञप्ति निकाल्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ ।

हालै अमेरिकाले झन्डै ९ हजार सैनिकलाई क्यारेबियन समुद्री क्षेत्र (भेनेजुएलाको उत्तरी सीमा) मा तैनाथ गरेको छ ।

विश्वकै सबैभन्दा ठूलो युद्धपोतसमेत भेनेजुएलाको नजिक परिचालित गरिएको छ, जसले सैन्य कारबाहीको आशंकालाई बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया