.

ट्युनिसियामा सन् १९५० यताकै भीषण वर्षा, बाढीका कारण ४ जनाको मृत्यु

ट्युनिसियामा सन् १९५० पछिको सबै भन्दा भारी वर्षाका कारण आएको विनाशकारी बाढीमा परी ४ जनाको मृत्यु भएको छ।

देशको पूर्वी तटीय क्षेत्रमा २ सय ३० मिलिमिटरसम्म वर्षा मापन गरिएको हो । जसले गर्दा सडकहरू जलमग्न भएको र नदीहरूमा ठूलो बाढी आएको छ ।

सरकारी निकायहरूले उच्च जोखिमयुक्त क्षेत्रमा रेड अलर्ट जारी गर्दै उद्धारका लागि सेना समेत परिचालन गरेका हुन् । भारी वर्षाका कारण नदी र खोलाहरूमा बाढी आउँदा सडकहरू अवरुद्ध हुनुका साथै सवारी साधनहरू फसेका छन् ।

८ भन्दा बढी गभर्नोरेट ९प्रान्त० हरूमा विद्यालयहरू बन्द गरिएका छन् । मुख्य सडकहरू ठप्प भएका हुन् ।

नागरिक सुरक्षा विभागले १ सय ६ भन्दा बढी स्थानमा उद्धार कार्य सञ्चालन गरी १५ जनाको उद्धार र ३ सय जनालाई बाढीग्रस्त क्षेत्र पार गर्न सहयोग गरेको जनाएको हो ।

राष्ट्रपति कैस सैयदले देशैभरीका उद्धार कार्यमा सेनालाई सहभागी हुन समेत निर्देशन दिनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया