.

झापामा सर्पको टोकाइबाट महिलाको मृत्यु

झापाको कमल गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका–३ बस्ने ४० वर्षीया सरस्वती मगर लिम्बुको सर्प डसाइबाट ज्यान गएको हो ।


असार २२ गते साँझ आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा सरस्वतीलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमकद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।


इलाका प्रहरी कार्यालय दमकका अनुसार उपचारकै क्रममा राति १०स्४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।


वर्षायाममा सर्पको जोखिम बढ्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया