.

वीपी प्रतिष्ठानमा बिरामीलाई प्रलोभन देखाउने १० जना पक्राउ

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई सस्तो मूल्यमा औषधी मिलाइदिने प्रलोभन देखाई अवैध कमिसनको चलखेल गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिष्ठानमा आउने बिरामी तथा तिनका आफन्तलाई विभिन्न निजी मेडिकलहरूबाट सस्तोमा औषधी उपलब्ध गराउने बहानामा बिचौलियाको काम गरी ठगी भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।


म्रगलबार इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको संयुक्त टोलीले प्रतिष्ठानको ईमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।  अस्पताल परिसरमा हुने अवैध गतिविधि र बिचौलियाहरूको सक्रियताका कारण बिरामीहरू ठगिने क्रम बढेपछि प्रहरीले निगरानी कडा पारेको छ ।


यी हुन् पक्राउ परेकाहरु 


१। रन्जित कुमार चौधरी ९३७ वर्ष० – अग्नीसाईर कृष्णासवरन(३, सप्तरी

२। रबिना मण्डल ९२७ वर्ष० – राजविराज नगरपालिका(६, सप्तरी

३। हस्त श्रेष्ठ ९३५ वर्ष० – आमचोक गाउँपालिका(८, भोजपुर

४। सागर पोखरेल ९२० वर्ष० – धरान उप(महानगरपालिका(१५, सुनसरी

५। सान्बिन किराती ९२९ वर्ष० – लेटाङ नगरपालिका(३, मोरङ

६। मनिष बुढाथोकी ९२३ वर्ष० – धरान उप(महानगरपालिका(६, सुनसरी

७। उमेश कुमार चौधरी ९४० वर्ष० – चौदण्डीगढी नगरपालिका(५, उदयपुर

८। धिरोज निरौला ९३५ वर्ष० – धरान उप(महानगरपालिका(१७, सुनसरी

९। रोहित मेहता ९३१ वर्ष० – इनरुवा नगरपालिका(२, सुनसरी

१०। बिनोद भट्टराई ९१८ वर्ष० – धरान उप(महानगरपालिका(११, सुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया