.

कोशीसहित देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा ‘अति भारी’ वर्षाको चेतावनी

कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी प्रदेशमा साधारणतया बदली रहनेछ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेकाले देशैभरि मौसममा असर देखिएको हो।

कोशी बाहेक अन्य प्रदेशको अवस्था हेर्दा, आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई दुवै भूभागका एक–दुई स्थानमा भने ‘धेरै भारी’ वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षा र चट्याङ्गको जोखिम रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया