विराटनगर । रिडर्स झापाले आयोजना गर्ने ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’मा भारतका चर्चित अभियन्ता सोनाम वाङचुक वक्ताका रुपमा सहभागी हुने भएका छन् । फागुन १४ गते देखि १६ गतेसम्म पर्यावरण विमर्श आयोजना हुदैछ । अन्तिम दिन वाङचुकले मन्तव्य राख्नेछन् ।
यो कार्यक्रम संयोजकका अनुसार वाङचुकको प्रस्तुति १६ फागुनमा हुनेछ । तीन दिनसम्म पर्यावरण र जलवायु संकटसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।
पाँचौं संस्करणको ‘पर्यावरण विमर्श’ वक्ताका रुपमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुँदैछन् ।
वाङचुक तिनै व्यक्ति हुन्,जसको संघर्षमा आधारित रहेर थ्री इडियट्स फिल्म बनेको छ ।
सोनाम वाङचुक पेसाले इन्जिनियरका साथै शैक्षिक सुधारका अभियानता पनि हुन । उनले लामो समयदेखि पर्यावरण सम्वन्धी विषयमा आफ्नो आवाज उठाउदै आएका छन् । अघिल्लो बर्ष उनले २१ दिने जलबायु अनसन गरेको थिए । लद्याखलाई भारतीय सविंधानको छैटौ अनुसुचीमा समावेश गर्नुपर्ने, छुट्टै राज्यको दर्जाको मान्यता दिनुपर्ने र त्यसका साथै लोक सभाको दुई सीट र राज्य सभा एक सिट सुश्चित हुनुपर्ने उनको माग रहेको थियो ।
राजनीतिक मागसँगै उनले सबैभन्दा महत्वपुर्ण हिसाबले जलवायु मुद्दा उठाएका थिए । उनले आफ्नो अभियानलाई जलवायु उपवास अर्थात क्लाइमेट फास्ट नाम दिएका थिए ।
वतावरण प्रदुषण र जलवायु परिवर्तनको सवै भन्दा ठुलो मार हिमाली क्षेत्रमा परेको सन्दर्भमा समयमै संरक्षण नगरिएमा हिउँको अत्याधिक क्षय तथा हिमनदीको विनाश हुने चेतावनी उनको छ ।
eHKmlLWtylCG
xgCrPmDeat
eHKmlLWtylCG
xgCrPmDeat
gGsEfUKCGNCU
tWfGgxSj
gGsEfUKCGNCU
tWfGgxSj
rMIfndTqlefCmOl
CvFkLwdc
rMIfndTqlefCmOl
CvFkLwdc