.

सन् २०३० को विश्व कप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा गर्ने

विराटनगर , १८ असोज ।सन् २०३० को विश्व कप फुटबल तीन वटा देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।


फिफाले सन् २०३० को विश्व कप तीन वटा महादेशका तीन देशमा हुने जनाएको हो । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् ।


साथै विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् । यो निर्णयलाई अर्को वर्ष हुने फिफा कङ्ग्रेसले अनुमोदन गर्नेछ । उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया