.

विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डको विजयी शुरुवात

विराटनगर , १९ असोज  । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले ।


जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित रहे। रविन्द्रको यो पहिलो शतक हो ।


ओपनर विल योंग शून्यमै आउट भए । इङ्ल्यान्डका साम करनले १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । उसका जोए रुटले सर्वाधिक ७७ रन बनाए । यस्तै, कप्तान जोस बटलरले ४३ र जोनी बेयर्स्टोले ३३ रन बनाए ।


बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिए ।


इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणको प्रतियोगिता हिजो बिहीवारदेखि शुरु भएको हो । भोलि पाकिस्तान र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया