.

महेन्द्र मोरङमा अन्तर फ्याकल्टी दशैं कप फुटसल प्रतियोगिता हुने

विराटनगर,१९ असोज। महेन्द्र मोरङका विद्यार्थीहरुको संयोजनमा अन्तर फ्याकल्टी दशैं कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। क्याम्पसको बिबिए र बिबिएमको ७ औं सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको संयोजनमा प्रतियोगिता आयोजना हुने भएको हो।


महेन्द्र मोरङको विभिन्न संकायको टिमहरुको सहभागिता रहने प्रतियोगिता असोज २० देखि २१ गते सम्म संचालन हुने प्रतियोगिताका आयोजक मध्यका आर्यन बास्कोटाले जानकारी दिनु भएको हो। बास्कोटाका अनुसार प्रतियोगिताका खेलहरु विराटनगर स्थित गोपीनाथ मार्गमा रहेको स्पोर्ट्स हबमा आयोजना हुने छन् ।


विद्यार्थीहरु बीच शारीरिक गतिबिधिलाई प्रोत्साहन गर्न र खेलको महत्व विद्यार्थी माझ बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको बास्कोटाले बताउनु भयो।


क्याम्पसको विद्यार्थीहरुको पहलमा हुन लागेको प्रतियोगितामा महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सम्पूर्ण सहयोग रहने युनियनका सचिव सानिम ठकुरीले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया