.

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

विराटनगर, ९  असार । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले अहिले पहिलो ब्याटिङ गर्दैछ  । टस जितेर नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्न निम्तो दिएको हो ।

खेलमा सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्नेछ । नेपाल विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । समूह ‘ए’ अन्तर्गत जिम्बाब्वेको टाकासिंगा स्पोट्र्स क्लबमा खेल हुँदैछ । नेपालको यो समूहचरणको अन्तिम खेल हो ।

नेदरल्यान्ड्सको भने एक खेल बाँकी नै छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको हार व्येहोर्न पुगेको थियो । नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिनेछ ।अहिलेसम्म नेपाल र नेदरल्यान्डस बीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्काे खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

नेपाली टीममा रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया