.

एसीसी यू १९ अफगानिस्तानसँगको खेलमा नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

विराटनगर ,२४ मंसिर ।  एसीसी(१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालले टस जितेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । 

यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।  नेपालले अब अर्को खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । 

यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।  

यो प्रतियोगिताको सेमिफाइनल खेल मङ्सिर २९ गते हुनेछ । सेमिफाइनलमा समूह ए को विजेता र समूह ुबीु को उपविजेता तथा समूह बी को विजेता र समूह ुएु को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया