.

क्यानडा(११ विरुद्ध सन्दीपको अर्धशतक

 विराटनगर , ८ फागुन ।  कप्तान सन्दीप जोराले क्यानडा(११ विरुद्ध अर्धशतक प्रहार गरेका छन्। मूलपानीमा भइरहेको दोस्रो एक दिवसीय खेलमा कप्तान सन्दीपले ६६ बलमा अर्धशतक पूरा गरे। सन्दीप ७३ बलमा ६६ रन बनाएर आउट भए।

कप्तान विनोद भण्डारी बिरामी परेपछि नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीपलाई कप्तानी सुम्पेको हो।

टस हारेर ब्याटिङ गरेको क्यानडा(११ ले १ बल अगावै अलआउट हुँदै २४० रन बनाएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपालले २५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ११७ रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि अर्जुन कुमाल ४० रन बनाएर आउट भए भने मयन यादव शून्यमै आउट भए भने शेर मल्लले ७ रन बनाए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया