.

टी–२० विश्वकप ः भारतले पाकिस्तानलाई ६ रनले हरायो

विराटनगर , २८ जेठ ।आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई  ६ रनले हराएको छ ।
हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग हारेको थियो ।
गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै  विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । यो जितपछि भारतको २ खेलमा ४ अङ्क भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अङ्क छ ।
क्यानाडाको २ खेलमा २ अङ्क रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अङ्कमा छन् । आज दक्षिण अफ्रिका र बङ्ग्लादेश खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया