टी–२० विश्वकप क्रिकेटः आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै
२८ जेठ २०८१, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २८ जेठ ।आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। समूह ‘डी’ अन्तर्गत हुने आजको खेलमा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।
अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।हालसम्म २ खेल खेलेको दक्षिण अफ्रिका दुबै खेलमा जितसहित समूहको शिर्ष स्थानमा रहेको छ भने १ खेल खेलेको बङ्गलादेशले पनि जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।