.

आईसीसी टी–२० विश्वकपः दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड भिड्दै

विराटनगर ,७ असार ।आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत शुक्रवार दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।
डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा हुने दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड बीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

सुपर ८ को समूह दुईमा रहेको दुबै टीमले हालसम्म १र१ खेल जितेका छन्। दक्षिण अफ्रिकाले सुपर ८ को आफ्नो पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो भने इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको थियो।

शुक्रवारको खेलमा दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्स, क्वान्टिन डि कक, एनरिच नोट्र्ज र ओटनेल बार्टम्यानमाथि सबैको विशेष नजर रहने छ भने इङ्ग्ल्यान्डका आदिल रासिद, फिल साल्ट, जोस बटलर र जोफरा आर्चरमाथि विशेष नजर रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया