विराटनगर । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ । एक सय २४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर एक सय नौ रन मात्रै बनायो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन जोडे । क्यानडाका कलिम सानाले चार विकेट लिए ।
त्यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर
पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय
२३ रन बनाएको थियो । क्यानडाका साद बिन जाफरले सर्वाधिक २३ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन–तीन तथा दीपेन्द्रसिंह ऐरी र
रिजन ढकालले एक–एक विकेट लिए । नेपालले दोस्रो खेलमा आज राति ओमानसँग
खेल्नेछ ।