.

एभरेस्ट महिला भलिबल लिग स् काठमाण्डौ र मधेश, कर्णाली र चितवन चथा ललितपुर र गण्डकी खेल्दै

विराटनगर । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् ।


काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे काठमाण्डौ स्पाइकर्स र मधेश युनाइटेड खेल्दैछन्  । त्यस्तै बेलुका पौने ६ बजे कर्णाली यस्विस र चितवन शक्ति तथा राति पौने ८ बजे ललितपुर क्विन्स र गण्डकी थन्डर्स खेल्दैछन् ।


नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अङ्कतालिकाका शीर्ष दुई टोलीले यही असोज १९ गते पर्सि  शनिवार फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया