.

एभरेस्ट महिला भलिबलमा आज लिग चरणको अन्तिम खेल, फाइनल पुग्ने अर्को टोलीको आजै टुङ्गो लाग्ने

विराटनगर ।  एभरेस्ट महिला भलिबलमा लिग चरणको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् ।


आज पहिलो खेलमा दिउँसो पौने ४ बजे ललितपुर क्वीन्स र चितवन शक्ति खेल्दैछन् । यस्तै दोस्रो खेलमा बेलुका पौने ६ बजे मधेश युनाइटेड र गण्डकी थन्डर्स खेल्दैछन् । यस्तै तेस्रो खेलमा राति पौने ८ बजे काठमाण्डौ स्पाइकर्स र कर्णाली यशस्वी खेल्दैछन् । तीन वटै खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा हुनेछ ।


कर्णाली लगातार ४ खेल जितेर १० अङ्कसहित फाइनलमा पुगिसकेको छ । आजको खेलबाट फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । काठमाण्डौ ९ अङ्कसहित दोस्रो तथा चितवन र ललितपुर समान ७ अङ्कसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यस्तै गण्डकी ४ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा लगातार ४ खेल हारेको मधेश अङ्कविहीन हुँदै पुछारमा छ ।


नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगको फाइनल खेल भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया