.

चितवन राइनोजद्धारा नेपाल प्रियिमर लिग मा प्रयोग गर्ने जर्सी सार्वजनिक

विराटनगर । चितवन राइनोजले नेपाल प्रियिमर लिग (एनपीएल) मा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ । 


मंगलबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टिमको जर्सी सार्वजनिक गर्नुभयो । उक्त अवसरमा उनले चितवन राइनोजको मस्कट र टिम एन्थम पनि सार्वजनिक गरेकी थिइन्। । मेयर दाहालले भरतपुर महानगरपालिका राष्ट्रिय खेलाडी उत्पादन गर्न लागि परेको बताउनुभयो । 

उहाँले राष्ट्रिय खेलाडी उत्पादनको लागि महानगरपालिकाले विद्यालयस्तरीय लिग क्रिकेट, फुटबल लगायत खेलकूद गर्दै आएको पनि बताउनुभयो । 

 

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले एनपीएलले स्थानीय क्रिकेट खेलाडीलाई अवसर प्रदान गरेको बचताउनु भयो  । उहाँले यसबाट युवा खेलाडीको क्षमता बढाउन राम्रो अवसर मिलेको पनि बताउनु भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया