.

ज्यान गुमाएका सात जना खेलाडीका परिवारद्धारा न्यायको माग गर्दै एन्फा कम्प्लेक्समा तालाबन्दी

विराटनगर । सिस्न्नेरी पहिरोमा परि ज्यान गुमाएका सात जना खेलाडीका परिवारले न्यायको माग गर्दै सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा तालाबन्दी गरेका छन । 

गत असोज ११ गते एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट सुरक्षित स्थानमा सर्ने क्रममा आएको पहिरोमा परी प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाले ज्यान गुमाएका थिए ।  

सिस्नेरीको घटना प्राकृतिक प्रकोप मात्र नभई लापरबाहीका कारण भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले एन्फाको मुख्य गेटमा तालाबन्दी गर्दै धर्ना दिएका हुन्। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया