.

२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

विराटनगर । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।


साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।


प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५ तारिखसम्म हुनेछ । यस्तै बैठकले १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप भने भारतमा गर्ने निर्णय गरेको छ ।


यो प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया