.

यू–२० साफ च्याम्पियनशिप ः नेपालले भूटानसँग खेल्दै

२० वर्षमुनिको साफ च्याम्पियनशिप आजदेखि माल्दिभ्समा शुरू हुँदैछ ।

उद्घाटन खेलमा नेपालले दिउँसो साढे ४ बजे मालेमा रहेको नेशनल स्टेडियममा भूटानसँग खेल्दैछ ।

आजै राति सवा ९ बजे माल्दिभ्स र श्रीलङ्का खेल्दैछन् ।प्रतियोगिताको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित, नेपाल, भूटान र श्रीलङ्का रहेका छन् ।

यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका छन् । 

दक्षिण एशियाका ७ वटा टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

२० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल आउँदो अप्रिल ३ मा हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया