.

रविको मुद्दामा पुनः सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयको विरोधमा दायर रिटमाथि  आइतबार देखि सर्वोच्च अदालतमा पुनः सुनुवाइ सुरु भएको छ ।


न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा मुद्दा पेसा भएको हो । यसअघि अर्को इजलासले चार दिन लगातार सुनुवाइ गर्दै फाइल पुनः पेस गर्न आदेश दिएको थियो ।


सोही आदेशअनुसार अब मुद्दा सुरुदेखि नै पुनः सुनुवाइमा गएको हो । अधिवक्ता दिनेश त्रिपाठी लगायतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालयसहित सरकारी निकायहरूलाई विपक्षी बनाइएको छ ।


निवेदकहरूले लामिछानेमाथि लगाइएको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कमजोर बनाउने निर्णय रोक्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारीले यसअघि लामिछानेको निवेदनका आधारमा केही अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् । सोही निर्णयविरुद्ध परेको रिटको अब सर्वोच्चमा निर्णायक सुनुवाइ सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया