नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेका टोलीमा १४ तथा वैकल्पिकमा चार जना रहेका छन् ।
टिममा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतोसहित विन्दु रावल, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रुवी पोद्दार, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी छन् । त्यस्तै वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद छन् ।
क्यानका अनुसार यो टोलीले यही मे २३ देखि ३१ सम्म मलेसियामा हुने ‘एशियन गेम्स महिला छनोट–२०२६’ र त्यस लगत्तै जुन १ देखि १३ सम्म हुने ‘एसीसी महिला प्रिमियर कप–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।