.

कोशीमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण कोशी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत प्रक्षेपण गरिएको छ।

कोशी प्रदेश बाहेक अन्य क्षेत्रको हकमा, आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश र अन्य पहाडी भूभागमा भने आंशिक बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया