.

स्कटल्यान्डले दियो नेपाललाई २४४ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २र२ विकेट लिए ।


आजदेखि शुरू भएको लिग–२ शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।


यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।


८ देश सहभागी लिग–२ मा नेपाल १८ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । अमेरिका ३६ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३४ अङ्कसहित दोस्रो स्थानमा छ ।


यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग २र२ वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया