प्रतिनिधिसभामा आजबाट सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल सुरुे भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३र०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि पूर्व बजेट छलफल हुने अनुमान गरिएको छ । यद्यपि त्यस विषयमा संघीय संसदले कार्यसूची बनाइसकेको छैन । जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।
त्यसैगरि
प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ।
बिहान १० बजे समिति सभाकक्ष सिंहदरबारमा बैठक बस्नेछ। बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा छलफल हुने शाखा अधिकृत सदन राईले जानकारी दिए