.

आइपिएलको फाइनल प्रवेशका लागि आरसिबी र गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्स आमनेसामने हुँदैछन् ।

धर्मशालामा खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायर टु खेल्नुपर्नेछ । यो सिजन दुवै टोली उत्कृष्ट लयमा रहेका छन् ।

आरसिबीले लिग चरणभर स्थिर प्रदर्शन गरेको थियो भने गुजरात पछिल्ला खेलमा झन् आक्रामक बनेको छ । गुजरातले दोस्रो चरणमा ७ मध्ये ६ खेल जित्दै बलियो चुनौती प्रस्तुत गरेको छ ।


आरसिबीका लागि विराट कोहली, रजत पाटीदार र भुवनेश्वर कुमार मुख्य खेलाडीका रूपमा रहनेछन् ।गुजराततर्फ शुभमन गिल, जोस बटलर, राशिद खान र कागिसो रबाडामाथि धेरै आशा रहनेछ ।

दुवै टोलीबीचको हेड टु हेड बराबरीमा छ । अहिलेसम्म एकअर्काविरुद्ध ८ खेल खेल्दा दुवैले समान ४ जित निकालेका छन् । तर प्लेअफमा भने यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।

धर्मशालाको मैदानमा रातिको खेलमा लक्ष्य पछ्याउने टोलीलाई फाइदा हुने देखिएको छ । मौसम सफा रहने अनुमान गरिएकाले खेल पूरा हुने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया