.

क्यानका प्रवक्ता लामालाई राखेपले फिर्ता बोलायो

 नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले फिर्ता बोलाएको छ । दुई वर्षअघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो ।


क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो । क्यानमा रहँदासम्म कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।


लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो । लामा पछिल्लो पटक २०८० चैत २९ गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया