क्किँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे दुहबी नगरपालिका–४ मलहटीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मोरङको बूढीगंगाबाट दुहबीतर्फ जाँदै गरेको को २९ प ८५४६ नम्बरको मोटरसाइकलमा वर्षासँगै आएको हावाहुरीले उडाएर ल्याएको जस्तापाता ठोक्किएको थियो । जस्तापाता मोटरसाइकलमा ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक दुहबी–४ का २८ वर्षीय मोहम्मद जाहिद गम्भीर घाइते भएका थिए ।
घटनाका बारेमा स्थानीयले राति १०ः३० बजे इलाका प्रहरी कार्यालय दुहबीलाई जानकारी गराएका थिए । त्यसपछि असई पुखमान कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घाइते जाहिदलाई तत्काल उद्धार गरी उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ । दुर्घटनामा परेको मोटरसाइकल चल्न नसक्ने अवस्थामा पुगेपछि स्थानीयको घरमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब डेढ किलोमिटर उत्तर–पूर्वमा पर्छ । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।