विराटनगर , ११ असोज। अफगानिस्तानमा पोलियोबिरुद्धको देशव्यापी अभियान शुरु गरेको छ ।
चारदिने अभियानमा पाँच वर्ष मुनिका ११ लाख बालबालिकामा हुने शारीरिक अशक्तता लगायतका रोगहरुको उन्मुलन गर्ने देशको प्रयास हुने बताइएको छ । अभियानका क्रममा बालबालिकालाई पोलियोबिरुद्धको खोप खुवाउनुका साथै भिटामिन एको सप्लिमेण्ट पनि खुवाइने मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा यो वर्ष हालसम्म पाँच जना पोलियोको घटना देखिएपछि यो अभियान शुरु गरिएको हो । संयुक्त राष्ट्र बाल कोष युनिसेफ का अनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त देशहरु हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?